अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा
विशेष पोडकाष्ट शृङ्खला
हिंसा पीडितको अनुभव, कानूनको सदुपयोग र दुरुपयोग अनि उपलब्ध सहायता
स्वागत छ तपाईँलाई एसबीएस नेपाली रेडियोको यो विशेष पोडकाष्ट शृङ्खलामा
यस शृङ्खलामा हामी अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरू कतिको भैरहेकाछन् त भन्ने देखि, हिंसाको सामना गर्नुपरेकाहरुको कथा र पीडितहरूका लागि उपलब्ध सहायताबारे चर्चा गर्ने छौँ।
भाग २ सुन्न तल थिच्नुहोस्:
भाग ३ सुन्न तल थिच्नुहोस्:
सबैभन्दा पहिला त अस्ट्रेलियामा घरेलु हिंसाको दर कतिको रहेको छ भन्नेबारे ध्यान केन्द्रित गरौँ।
विभिन्न रिपोर्टहरूका अनुसार अस्ट्रेलियामा प्रत्येक हप्ता औसत पाँच हजार घरेलु हिंसाका घटनाहरू प्रहरी समक्ष पुग्ने गरेका छन् - जसको मतलब हरेक दुई मिनेटमा एउटा घटना घट्ने गर्दछ।
घरेलु हिंसाका घटनाको दैनिक सङ्ख्या औसत ५७० रहेको पनि बताइएको छ।
साथै, औसतमा प्रत्येक हप्ता कम्तीमा एक महिलाको आफ्नो वर्तमान वा पूर्व पार्टनरको हातबाट मृत्यु हुने गरेको छ।
प्रत्येक चार मध्ये एक महिलाले आफ्नो नजिकको सम्बन्ध रहेको व्यक्तिबाट हिंसाको सामना गर्नुपरेको तथ्याङ्क पनि रहेका छन्।
घरेलु हिंसाको यो समस्या अस्ट्रेलियाको नेपाली समुदाय भित्र पनि रहेको छ।
नेपाली भाषीहरूको ठुलो उपस्थिति रहेको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका अदालतहरूमा प्रस्तुत हुने मुद्दामा नेपालीहरूको नाम पनि प्रायः देखिने गरेका छन्।
यस्ता भनाइ यहाँ कार्यरत नेपाली पृष्ठभूमिका कानुन व्यवसायी र सामाजिक अभियन्ताहरूले पनि नियमित रूपमै बताउने गरेका छन्।
विशेष गरी एप्रिहेन्डेड भायलेन्स अर्डर वा ‘एभीओ’ सँग सम्बन्धित धेरै मामिलाहरू अदालत समक्ष दर्ता भएका छन्।
एभीओ बारे थप जानकारी आगामी शृङ्खलाहरूमा प्रस्तुत गर्ने छौँ।
तर छोटकरीमा भन्नुपर्दा कुनै व्यक्तिबाट आफूलाई सुरक्षित राख्न मानिसहरूले प्रहरीको वा अदालतको सहायताका साथ उक्त आदेश प्राप्त गर्न सक्ने छन्।
एभीओ आदेश निकाल्ने व्यक्तिको नजिक आरोपित व्यक्ति जान पाउँदैनन्।
एभीओ का साथ घरेलु हिंसाको सामना गर्नुपरेकाहरुलाई सुरक्षा प्रदान गरिएता पनि केहीले चाहिँ उक्त कानुनको दुरुपयोग गरेका उदाहरण रहेको पनि हामीसँग एक वकिलले बताएका छन्।
उनीसँगको हाम्रो कुराकानी तपाईंले यस पोडकाष्ट शृङ्खलाको तेस्रो भागमा सुन्न सक्नुहुने छ।
आज चाहिँ हामी केही वर्ष अगाडी विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी एक महिलाको कथा प्रस्तुत गर्दै छौँ।
परिचय गोप्य राख्न उक्त महिलाको नाम र आवाज परिवर्तन गरिएको छ।
सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट दिनिता रिसालबाट।
भाग १: श्रीमानले त पिट्छ नि, अरू कसले पिट्छ र?
‘भिसाको लागि मात्र विवाह गरेको’ बताउने श्रीमानबाट घरेलु हिंसाको अनुभव गरेकी अस्ट्रेलिया कि एक नेपाली महिलाको कथा
पहिलो भाग सुन्नुहोस्
परिचय गोप्य राख्न नाम र आवाज परिवर्तन गरिएकी रिताको अनुभव र घरेलु हिंसाको सामना गर्नु परिरहेकाहरूले चुप लागेर बस्न नहुने सल्लाह दिँदै।
सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट, दिनिता रिसालद्वारा प्रस्तुत।
यस पोडकाष्ट शृङ्खलाको दोस्रो भागमा हामी रिताद्वारा बताइएको आफ्नो अनुभवमा के उनी माथि भएका हातपातका घटनाहरू मात्र घरेलु हिंसाका उदाहरण हुन् त भन्नेबारे चर्चा गर्ने छौँ।
विज्ञहरूका अनुसार घरेलु हिंसा शारीरिक हमलामा मात्र सीमित रहेका छैनन्।
यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्।
विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।
भाग २: हातपातका घटना मात्र घरेलु हिंसा हैनन्
के घरेलु हिंसा खालि हातपातमै सीमित रहेको छ त?
सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट प्रस्तुत गर्दै हुनहुन्छ दिनिता रिसाल।
दोस्रो भाग सुन्नुहोस्
घरेलु हिंसा भनेको के हो र पीडितहरूका लागि अस्ट्रेलियामा के कस्ता सहायताहरू उपलब्ध रहेका छन् त भन्नेबारे तपाईंले सुन्नुभयो।
र हाम्रो तेस्रो र अन्तिम शृङ्खलामा चाहिँ हामी सिड्नीमा वकिलको रूपमा कार्यरत रहेका कुशल भट्टराईसँग तपाईँको परिचय गराउने छौँ।
उनले घरेलु हिंसा सम्बन्धी मुद्दामा प्रतिवादी रहेकाहरूको प्रतिनिधित्व पनि अदालतमा गरिसकेका छन्। र भट्टराईले घरेलु हिंसाबाट पीडित हुनेहरूलाई सुरक्षित राख्न हाल रहेको कानुनको कसरी दुरुपयोग भएका छन् त भन्ने विषयबारे पनि चर्चा गर्दै छन्
सिड्नीमा वकिलको रूपमा कार्यरत रहेका कुशल भट्टराई।
सिड्नीमा वकिलको रूपमा कार्यरत रहेका कुशल भट्टराई।
घरेलु हिंसा, एप्रिहेन्डेड भायलेन्स अर्डर वा एभीओ भनेको के हो र घरेलु हिंसाको सामना गर्नुपरेकाहरुका लागि उपलब्ध विकल्पबारे उक्त कुराकानी तपाईंले सुन्न सक्नुहुने छ यस पोडकाष्टको तेस्रो शृङ्खलामा।
यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्।
विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।
भाग ३: उपलब्ध कानूनी विकल्प र उक्त विकल्पको दुरुपयोग
घरेलु हिंसा सम्बन्धी मुद्दाहरूमा अदालतमा आफ्ना ग्राहकहरूको प्रतिनिधित्व गर्दै आएका वकिल कुशल भट्टराईसँग चर्चा गर्दैछौं।
विगत ७ वर्ष देखि न्यु साउथ वेल्समा कानुन व्यवसायमा संलग्न रहेका कुशल भट्टराईसँग घरेलु हिंसा भनेको के हो र उनले नेपाली पृष्ठभूमिका परिवारहरूमा घरेलु हिंसाको अवस्था कस्तो पाएका छन् त भन्ने बारे पनि बताएका छन्।
सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट प्रस्तुत गर्दै हुनहुन्छ दिनिता रिसाल।
तेस्रो भाग सुन्नुहोस्
यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्।
विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।
